माधव नेपालसहितका नेताहरुविरुद्ध शिक्षकहरूले लगाए नाराबाजी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका माधव नेपालसहितका नेताहरू शिक्षक महासंघको आन्दोलनमा सहभागी भएका छन् ।

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतका नेताहरू शिक्षक आन्दोलनको समर्थन गर्न नयाँबानेश्वर पुगेका हुन् ।

तर एकीकृत समाजवादीका नेताहरुविरुद्ध शिक्षकहरूले नाराबाजी गरेपछि उनीहरू आन्दोलन स्थलबाट फर्किएका छन् ।

आन्दोलनमा भाषण गर्ने गरी पुगेका उनीहरूतर्फ शिक्षकहरूले लक्षित गर्दै शिक्षा ऐन जारी गर भन्दै नाराबाजी गरेपछि सम्बोधन नगरी फर्किएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =