एफएनसिसिआईद्वारा उच्चस्तरिय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उच्चस्तरिय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिएको छ ।

महासंघले मंगलवार काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला तयारीबारे पत्रकार सम्मेलन गर्दै उच्चस्तरिय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिएको हो ।

महासंघका उपाध्यक्ष हेमराज ढकालले उच्चस्तरिय सुशासन आयोग गठन हुनु खुशीको कुरा भएको बताउँदै महासंघले लामो समयदेखि उच्चस्तरिय सुशासन आयोग गठनको माग गरेको बताए ।

सरकारले व्यवसायीको मागलाई ध्यानमा राख्दै आयोग गठन हुनु र निजी क्षेत्रको प्रतिनिधि पनि आयोगमा रहने व्यवस्थाले सकारात्मक सन्देश प्रवाह गरेको बताए । सरकारले पछिल्लो समय निजी क्षेत्रको मनोबल उकास्न हदैसम्म काम गरेको पनि बताए ।

निजी क्षेत्रले माग गर्दै आएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेर वातावरण बनाएको बताए । आयोगले दिएको सुझाव कार्यान्वयनमा सरकारले छिटोछिटो काम गर्नुपर्ने उपाध्यक्ष ढकालले बताए ।

पछिल्लो समय विकसित भएको राजनैतिक घटनाक्रमले निजी क्षेत्रलाई चिन्तामा परेको बताए । स्थिर सरकार र सकारात्मक राजनैतिक वातावरणको लागि सबै क्षेत्रबाट पहल हुन आवश्यक रहेको बताए ।

केही दिन यताको सडक आन्दोलनले सुधार हुँदै गएको वातावरण बिग्रनसक्ने बताउँदलै वातावरण बिग्रिन नदिन सबैले पहल गर्नुपर्ने बताए ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा २५० भन्दा बढी स्टल रहने र मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने बाइएको छ । मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको महासंघले जनाएको छ ।

वैशाख २५ देखि २९ गतेसम्म भृकृटीमण्डपमा आयोजना हुने मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, र बङ्गलादेश र थाइल्याण्डका स्टलहरुको सहभागिता रहने आयोजकले बताएको छ ।

मेलामा स्वदेशी र विदेशी गरी करिव २० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा राखिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *