गभर्नर बन्ने चर्चामा रहेका भट्टले बुझाए राजीनामा

काठमाडौँ । गभर्नर बन्ने चर्चामा रहेका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् ।

उनले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट शुक्रवार बिहान राजीनामा दिएका हुन् ।

उनको राजीनामा स्वीकृत हुने प्रक्रियामा रहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

राष्ट्र बैंकमा १८ औँ गभर्नर नियुक्तिको विषयले सत्ता गठबन्धनमै संकट परेको भन्ने हल्ला चलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले डा गुणाकर भट्टलाई गभर्नर बनाउन कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावलाई स्विकारेका थिए ।

यसबारे ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच मंगलबार बालुवाटारमा छलफलसमेत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *