प्रतिनिधिसभा बैठक स्थगित

शुक्रबार बिहान ११ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक अपराह्न २ बजे बस्ने गरी सारिएको थियो ।

सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका विषयमा प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गरेको भएपनि निष्कर्ष ननिस्केपछि बैठक सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको हो ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सभामुखले समय परिवर्तन गर्नुभएको जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका विपक्षी दलले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =