आइसल्यान्डकी मन्त्रीद्वारा ३० वर्षअघिको सम्बन्ध स्वीकार गर्दै राजीनामा

काठमाडौं । आइसल्यान्डकी बाल विकास मन्त्री आस्थिल्डुर लोआ थोर्सडोटिरले आफ्नो युवावस्थाको एउटा पुरानो सम्बन्धबारे खुलासा गर्दै पदबाट राजीनामा दिएकी छन् । मिडियालाई दिएको अन्तर्वार्तामा उनले २२ वर्षको उमेरमा आफूले १५ वर्षीय किशोरसँग सम्बन्ध राखेको स्वीकार गरेकी हुन् ।

यो सम्बन्ध उनी एक धार्मिक समूहमा सल्लाहकारका रूपमा कार्यरत रहँदा सुरु भएको थियो, जहाँ ती किशोर पनि सहभागी हुन्थे । उनका अनुसार समयक्रममा उनीहरूबीच शारीरिक सम्बन्धसमेत भयो, जसका कारण उनी २३ वर्ष र किशोर १६ वर्षको हुँदा उनीहरूका सन्तान जन्मिए । ‘यो ३६ वर्षअघिको कुरा हो, र समयसँगै धेरै परिवर्तन भइसकेका छन् । यदि आज यस्तो परिस्थिति आइपरेको भए, म यसलाई फरक तरिकाले सम्हाल्ने थिएँ,’ मन्त्री थोर्सडोटिरले भनिन् ।

प्रधानमन्त्री क्रिस्ट्रुना मोल फ्रोस्टाडोटिरले यो गम्भीर विषय भएको स्वीकार गरेकी छिन् । तर, यसबारे आमसर्वसाधारणलाई जति जानकारी छ, आफूलाई पनि त्यति नै मात्र जानकारी रहेको बताउँदै उनले थप टिप्पणी गर्न अस्वीकार गरिन् ।

स्थानीय मिडिया भिसिर का अनुसार, बिहीबार राति यो समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले मन्त्रीलाई आफ्नो कार्यालयमा बोलाइन् । सोही छलफलपछि मन्त्री थोर्सडोटिरले राजीनामा दिने निर्णय गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eleven =