मोही हक पाउन आन्दोलन (तस्बिरहरू)
२०८१ चैत ४ गते

काठमाडौँ । गत महिनादेखि गुठी संस्थानले लगातार विरोध प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले आफ्नो मोहियानी भएको जमिन सरकारीकरण गर्न खोजेको भन्दै आन्दोलित भएका हुन् ।
गुठी संस्थान (२०२१) ऐनअनुसार आफ्नो मोही हक प्रमाणित गरी जमिन नामसारी गर्नुपर्ने उनीहरूले माग गर्दै आएका छन् ।
२०७५ सालदेखि नै स्वर्गद्वारी गुठीका मोही किसानहरूले यसको विरोध गर्दै आएका थिए ।
गत साउन २ गते पनि उनीहरूले सरकारसँग भएको वार्ता गरेका थिए । तर वार्ता निष्कर्षविहीन भएपछि सङ्घर्षलाई अझ तीव्र बनाउने चेतावनी दिएका थिए ।
आफूले जोतभोग गर्दै आएको जमिन आफ्नो नाममा दर्ता हुनुपर्ने उनीहरूले माग गर्दै आएका छन् ।
हाल १२ वटा गाउँका १६ हजार किसानहरूसँग १९ हजार ४१० रोपनी जमिनको मोही हक रहेको छ ।
हेर्नुहोस् तस्बिरहरू :
२०८१ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित