प्रचण्डको तस्वीर जलाउने राप्रपाका नेता निराजन बम पक्राउ

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाउने व्यक्ति पक्राउ परेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा सङ्गठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

कालिकोट घर भएका बम राप्रपा युवा संघको महासचिव हुन् । शनिवार मकवानपुरको हेटौँडामा भएको एक कार्यक्रममा उनले प्रचण्डको तस्बिर जलाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =