सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौँ । ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’ प्रतिनिधि सभामा पेस गरिएको छ ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सभामा पेस गरेका हुन् ।

यसअघि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरूले विरोधको सूचना दिएका थिए ।

सो सूचना नियणार्थ पेस गर्दा बहुमतले अस्वीकृत भए । सरकारले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ ल्याएको थियो । उक्त अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =