आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले व्यवसायिक क्षेत्रमा संकुचन आएको कारण आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरूको विरोधको सूचना राखेपछि बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उक्त विधेयकले मुलुकमा लगानीको वातावरण सिर्जना गरी लगानी अभिवृद्धिमा टेवा पुग्ने मन्त्री पौडेलको विश्वास छ । उनले लामो समयदेखि निजी क्षेत्रले व्यवसायिक वातावरण निर्माण नभएको गुनासो आएको कारण अध्यादेशमार्फत उक्त विधेयक ल्याउनु परेको बताए ।

उनले भने, ‘यस विधेयकले आर्थिक एवं लगानीको वातावरण सुधार गर्नेछ । यस लगानी अभिवृद्धिका लागि अनुकूल वातावरण निर्माण गर्नेछ । विधेयकको सन्दर्भमा जुन प्रकारको प्रतिक्रिया सार्वजनिक भइरहेको छ त्यसले नै यो कुरा बोलेको छ । त्यसकारण आरोपबाट निष्कन पनि म आग्रह गर्न चाहन्छु । यो विधेयक व्यवसायिक वातावरण निर्माणका लागि ल्याइएको हो । लगानीमा एक प्रकारको संकुचनको स्थिति देखा पर्यो । व्यवसायिक वातावरण भएन भनेर निजी क्षेत्रले समस्याहरू राखे त्यो समस्या समाधान गर्ने हिसाबले आएको छ । ’

सो विधेयकले मुलुकलाई समृद्धितिर अगाडि बढ्न सहयोग पुर्‍याउने मन्त्री पौडेलको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =