अत्यधिक मुनाफा लिने उद्देश्य नराख्नुस् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधिनक मुनाफा कमाउने उद्देश्यबाट निजी शैक्षिक संस्थाहरु खोल्न नहुने बताएका छन् ।

सोमवार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १६ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षा क्षेत्रमा लगानी बढाउन समेत निजी क्षेत्रलाई आग्रह गरे ।

शिक्षा क्षेत्र उद्योग नभएकाले अत्यधिक मुनाफा कमाउने उद्देश्य नराख्न आग्रह गरे । उनले देशको विकासका लागि सहयोगी हुने, दक्ष जनशक्ति निर्माण गर्ने, आफ्ना सन्ततीहरुलाई भविष्यका लागि योग्य, सक्षम नागरिकको रूपमा विकास गर्ने उद्देश्य राखेर निजी क्षेत्रले शैक्षिक संस्थाहरु खोल्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने ‘शिक्षा क्षेत्रमा तपाईँहरू लगानी गर्नुस् । तपाईँहरूको सम्पत्ति कसैले पनि खोस्दैन, खोस्न पाउँदैन । यो सम्पत्तिको हकभित्र पर्छ । नेपालमा सम्पत्तिको हकभित्र पर्दछ । तपाईँको सम्पत्ति संविधान, नियम कानुन बमोजिम, प्रचलन बमोजिम तपाईँहरूले स्वाभाविक रूपमा आफ्नो सम्पत्ति आफ्नो ढंगले प्रयोग गर्न पाउनुहुन्छ । यो उद्योग होइन है, त्यसकारण अत्यधिक मुनाफा ननिकाल्नुस् । यो आइटी कम्पनी होइन । अलिकति लगानी गरे धेरै आम्दानी भइहाल्छ । देशको विकासका लागि सहयोगी हुने, दक्ष जनशक्ति निर्माण गर्ने, आफ्ना सन्ततीहरुलाई भविष्यका लागि योग्य, सक्षम नागरिकको रूपमा विकास गर्ने तपाईँको मूल उद्देश्य हो । पैसा कमाउने उद्देश्य होइन ।’

प्रधानमन्त्री ओलीले समाजलाई अशोभनीय खालका कुराहरू हटाउनुपर्ने जरुरी रहेको बताए । सिंगो समाजलाई अशोभनीय बनाउने प्रयास भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seventeen =