नेटाले आइआइएमएस २०२५ मा ३२८ बुकिङ प्राप्त गर्दै अन्तर्राष्ट्रिय उपस्थिति सुदृढ गर्यो


काठमाडौँ । PT NETA Auto Indonesia ले ले 2025 Indonesia International Motor Show (IIMS)मा सफलतापूर्वक पहिलो सहभागिता जनाएको छ । फेब्रुअरी १३–२३ सम्म JIExpo Kemayoran, जकार्तामा आयोजित शोमा NETA V र NETA X को बुकिङ प्राप्त भएको छ ।
PT NETA Auto Indonesia का प्रबन्ध निर्देशक, क्रिस लान भन्छन्, ‘यो उपलब्धिले इण्डोनेसियाली ग्राहकहरूको विश्वास दर्साउँछ र उच्च गुणस्तरीय, किफायती विद्युतीय सवारीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँछ ।
IIMS 2025 मा NETA ले NETA V-II Urban Sport Concept प्रस्तुत गर्दै निःशुल्क वाल चार्जर, विशेष बीमा, र लाइफटाइम वारेन्टी जस्ता आकर्षक अफरहरू प्रदान गर्यो । साथै,NETA ले आफ्ना उपभोक्ताहरूलाई विशेष रूपमा स्टलमा आमन्त्रित गरी अन्तरक्रिया बढायो।’ लान भन्छन्, ‘इण्डोनेसिया विश्वकै ठुला EV बजारमध्ये एक बन्ने सम्भावना राख्छ । NETA ले यस रूपान्तरणलाई समर्थन गर्दै बिक्रीपछिको सेवा सञ्जाल विस्तारमा केन्द्रित रहनेछ ।’
यसैबिच, नेपालमा NETA को आधिकारिक वितरक CG Motors ले 1,000 भन्दा बढी NETA V र NETA X बिक्री गरिसकेको छ, जसलाई २२ बिक्री तथा सेवा केन्द्रहरू र २५०+ चार्जिङ स्टेसनहरूको नेपालकै सबैभन्दा ठुलो EV नेटवर्क को साथ समर्थन गरिएको छ ।
