महिला न्यायाधीश भएर मात्रै हुँदैन, शाहस र क्षमता हुनुपर्छ : पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुले फलको आश नगरी कर्म गर्नुपर्ने बताएकी छन् ।

सोमवार ललितपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा पूरा नहुने बताइन् ।

उनले महिला न्यायाधीशमा क्षमता र शाहस हुन जरुरी रहेको बताइन् । उनले न्यायाधीश धेरै अध्ययन गर्न जरुरी रहेको बताइन् । उनले न्यायाधीशले कहिले पनि जस लिने आशा गरेर न्याय सम्पादन गर्न नहुने बताइन् ।

उनले जस दिन्छन् कि दिँदैनन् भनेर न्याय गर्ने भन्दा पनि पीडितले न्याय पाउने गरी न्याय सम्पादन गर्न जरुरी रहेको बताइन् । आफ्नो क्षमताले भ्याएसम्म न्याय सम्पादन गर्न आग्रह गरिन् ।

पूर्व प्रधानन्यायाधीश कार्कीले ‘महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा हुँदैन । महिला न्यायाधीशमा क्षमता हुनुपर्छ । शाहस हुनै पर्छ । अध्ययन त दिनरात गर्नै पर्छ । हामीले कर्म गर्ने हो फलको आशा गर्नु हुँदैन । कृष्ण भगवानले पनि कर्म गर फलको आशा नगर भन्नुभएको छ । मलाई अहिले के महशुस भएको छ भने हामीले काम गर्ने हो पछाडि के भन्छन् भनेर सरोकार राख्नु हुँदैन । यो यस्तो क्षेत्र हो अदालतमा १० हजार मुद्दा छ भने २० हजार मानिस हुन्छ । १० हजारले जित्छ, १० हजारले हार्छ । हार्ने १० हजारले कहिल्यै जस दिँदैन अदालतलाई । त्यसैले मैले काम गरेँ तर किन जस दिएन भनेर सोच्दै नसोच्नुस् । आफ्नो क्षमताले भ्याएसम्म काम गर्नुस् ।’

पूर्व प्रधानन्यायाधीश कार्कीले न्यायाधीशले पक्षपात नगरी न्याय दिनुपर्ने बताइन् । उनले एउटा न्यायले सबैको विकास हुने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =