पूर्वराजा आउने भएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ । त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किने भएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको हो ।

हवाई टिकट भएका यात्रु र स्टाफ बाहेक अरूलाई एयरपोर्ट भित्र छिर्ने निषेध गरिएको छ ।

कुनै किसिमको हुलहुज्जतपूर्ण, गैर कानुनी तथा सामाजिक मर्यादा विपरीतका कार्य हुन नदिन विमानस्थल वरपरको सुरक्षा व्यवस्था पनि कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगन्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।

राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईँ समूह लगायतले आज पोखराबाट काठमाडौँ फर्किन लागेका पूर्वराजलाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =