म्याग्दी र बागलुङमा छोटो अन्तरालमै भूकम्पको धक्का
२०८१ फागुन २४ गते

काठमाडौं । म्याग्दीमा भूकम्प गएको केही घण्टामै बागलुङ पनि भूकम्पको धक्काले प्रभावित भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, शनिबार बिहान ३:१४ बजे म्याग्दीको मुरी आसपास ४.० म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसको करिब तीन घण्टापछि, बिहान ६:२० बजे बागलुङको खुखानी केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको अर्को भूकम्प गएको छ । छोटो समयको अन्तरालमै दुई स्थानमा भूकम्पको धक्का महसुस गरिएको हुँदा स्थानीयहरूमा त्रासको वातावरण सृजना भएको छ ।
२०८१ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित








