राष्ट्रियसभामा दुई प्रतिवेदन पेश

काठमाडौं । ‘राष्ट्रिय सुरक्षा परिषद्’ को आर्थिक वर्ष २०७९/८० को छैटौँ प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ को सातौँ प्रतिवेदन सभासमक्ष पेश गरिएको छ ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले सो प्रतिवेदन  पेश गरेका हुन् ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विशेयक २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्”,भन्ने प्रस्वाव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको सो विधेयक सम्मसम्मतिले स्वीकृत भएको हो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २५ गते आइतबार अपराह्न १ः१५ बजे बस्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =