उदयपुर सिमेन्ट उद्योगका श्रमिकहरूले तीन वर्षको ज्याला नपाएको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योगमा काम गरेका श्रमिकहरूले तीन वर्षदेखि ज्याला नपाएको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उद्योगमा काम गर्ने श्रमिकहरूमध्ये तीन जनाको मृत्यु भइसकेको र एकजना किड्नी फेल भएर अस्पताल भर्ना हुँदा समेत सरकारले ज्यालाबापत पाउनुपर्ने रकम नदिएको आरोप लगाए । उनले अवकासमा गएको लामो समयसम्म पनि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सार्वजनिक संस्थानमा राजनीतिक नियुक्ति गर्दा श्रमिकहरूले ज्याला पाउन नसकेको बताए ।

उनले भने ‘उदयपुर सिमेन्ट उद्योगका ३ वर्ष अगाडि नै अवकास प्राप्त गरिसकेका एकसय तीन जना अहिलेसम्म पनि कुनै सुविधा पाएका छैनन् । जसमध्ये अशोक चौधरी, उपेन्द्र रखाल र देवी बजागाईंको मृत्यु भइसकेको छ । साथै हेमकुमार दाहाल किड्नी फेल भएर अस्पतालमा छन् । उपचार गर्न सरकारले पैसा दिएको छैन । नागरिकले आफूले रोजगारी गरेबापत पाउनुपर्ने रकम किन पाइराखेको छैन । हामी सार्वजनिक संस्थानमा राजनीतिक नियुक्तिको उपज के हुँदो रहेछ देखिरहेका छौं । तर अर्को कुरा कुलमान जस्ता घाटामा गएको कम्पनी नाफामा पुर्याउनेहरुको मूल्याङ्कन हामी शून्यमा गर्छौं । आफ्ना कार्यकर्ता भर्ना गर्न पाएन भनेर उसलाई हामी निष्कासनको बहाना बाजी गरिराखेका छौं ।’

उनले सरकारले आफ्ना कार्यकर्ता भर्ना गर्न नपाएको कारण कुलमानलाई हटाउने खेल खेलिरहेको आरोप समेत लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =