बीवाईडीले आफ्ना गाडीमा अब १० वर्षसम्मको वारेन्टी दिने

काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै जाँदा बीवाईडीले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिने निर्णय गरेको छ । कम्पनीका आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडीका सम्पूर्ण ईभी मोडेलमा वारेन्टी अवधि बढाएको गरेको घोषणा गरेको छ ।

काठमाडौंमा फागुन १८ गतेसम्म चलेको ‘बीवाईडी हाई–टेक विक २०२५’ का अवसरमा कम्पनीले यो नयाँ प्रस्ताव ल्याएको हो । यसअघि बीवाईडीले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर (जुन पहिला पूरा हुन्छ) वारेन्टी दिँदै आएको थियो । अब यो अवधि बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्याइएको छ ।

बीवाईडीका सफल मोडेलहरू एट्टो ३, डल्फिन, र एम६ मा विशेष रूपमा यो सुविधा दिइएको छ । साथै, बीवाईडीले हालै नयाँ अत्याधुनिक मोडेलहरू समेत सार्वजनिक गरेको छ, जसमा याङवाङ यु८, डेन्जा जेड९जीटी, र बीवाईडी शार्क ६ प्रमुख छन् । यी गाडीहरू आधुनिक प्रविधि, उच्च सुरक्षास्तर र उत्कृष्ट पर्फमेन्सका लागि चिनिन्छन् ।

ब्लेड ब्याट्री प्रविधिले बीवाईडीका गाडीहरूलाई थप सुरक्षित बनाएको छ । उच्च चार्जिङ क्षमताका कारण चर्चित यो ब्याट्री ‘नेल पेनिट्रेसन टेस्ट’ मा समेत सफल देखिएको छ, जसले थप सुरक्षाको ग्यारेन्टी दिन्छ ।

बीवाईडी हाई–टेक विक फागुन १८ गतेसम्म चलेको थियो, जसमा ग्राहकहरूले विभिन्न अफर तथा बीवाईडीको नयाँ प्रविधिबारे विस्तृत जानकारी लिएका थिए। साथै, ग्राहकहरूले बीवाईडीका नयाँ मोडेलहरूको अनुभव लिने अवसरसमेत पाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *