स्काउट, रेडक्रस लगायतका संस्थानहरूमा राजनीतिकरण हुँदा प्रभावकारी बन्न सकेनन् : विमलेन्द्र निधी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थानहरूमा राजनीतिकरण हुँदा राम्रोसँग काम गर्न नसकेको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थाहरूमा धेरै राजनीतिकरण भएको बताए ।
उनले सामाजिक संस्थाहरूलाई राजनीतिक रूपमा नियन्त्रणमा राख्ने प्रवृत्तिले मूल ध्येय नै विचलित हुन पुगेको बताए । उनले नयाँ पुस्तालाई अवसर पाउनुपर्ने कुरामा कुनै प्रश्न नरहेको बताए ।
उनले भने ‘नेपाल स्काउट, रेडक्रस लगायतका यस्ता संस्थाहरु राजनीतिकरण धेरै भएको कारणले राजनीतिक रूपमा नियन्त्रणमा राख्ने प्रवृत्तिले मूल गोल नै विकसित हुन सकिरहेको छैन । त्यसबाट जोगाएर अघि बढौँ । नयाँ पुस्ताले अवसर पाउनु पर्दछ । क्षमताको विकास गर्नुपर्दछ । नेतृत्वको विकास गर्नुपर्छ । पुराना पुस्तालाई पनि सम्मान गर्दै जानुपर्छ ।’
सांसद निधीले नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्न सक्नुपर्ने बताए ।








