विरोध प्रदर्शन

‘२ बुँदे सम्झौता कार्यान्वयन गर’ भन्दै स्वर्णद्वारी मोही किसानहरू प्रदर्शनमा (तस्बिरहरू)

काठमाडौँ । स्वर्णद्वारी गुठीका मोही किसानहरूको विरोध प्रदर्शन आज पनि जारी छ ।

केहि दिनदेखि लगातार मोही किसानहरूले अनामनगरमा विरोध प्रदर्शन गरिरहेका छन् ।

गुठी संस्थानले आफ्नो मोहियानी भएको जमिन सरकारीकरण गर्न खोजेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।

उनीहरूले आफ्नो जोतभोग गरेको १९ हजार ४१० रोपनी जमिनमाथिको अधिकारको लागि आन्दोलित भएको बताएका छन् ।

गुठी संस्थान (२०२१) ऐनअनुसार आफ्नो मोही हक प्रमाणित गरी जमिन नामसारी गर्नुपर्ने उनीहरूले माग गर्दै आएका छन्

२०७५ सालदेखि नै स्वर्णद्वारी गुठीका मोही किसानहरूले यसको विरोध गर्दै आएका थिए ।

गत साउन २ गते पनि उनीहरूले सरकारसँग भएको वार्ता गरेका थिए । तर वार्ता निष्कर्षविहीन भएपछि सङ्घर्षलाई अझ तीव्र बनाउने चेतावनी दिएका थिए ।

आफूले जोतभोग गर्दै आएको जमिन आफ्नो नाममा दर्ता हुनुपर्ने उनीहरूले माग गर्दै आएका छन् ।

हाल १२ वटा गाउँका १६ हजार किसानहरूसँग १९ हजार ४१० रोपनी जमिनको मोही हक रहेको छ ।

उनीहरूले स्वर्णद्वारी मोही किसानसँग गरिएको २ बुँदे सम्झौता कार्यान्वयन गर भन्दै प्रदर्शन गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *