चुरे दोहन र वन विनाशविरुद्ध संघर्ष गर्छौँ : अध्यक्ष महतो

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले चुरे दोहन, वन विनाश तथा मधेस सरकारको बेथितिविरुद्ध संघर्ष गर्ने बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा उनले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकामा भइरहेको गैरन्यायिक सडक बिस्तारको विरुद्धमा पनि संघर्ष जारी राख्ने बताए ।

चुरे दोहन, वन विनास तथा मधेस सरकारको बेथितिविरुद्ध पार्टीले गरेको आन्दोलनका विषयमा परिषद बैठकमा छलफल हुने उनको भनाइ छ ।

उनले भने, ‘संघर्षहरुको सम्बन्धहरूमा हामी यहाँ छलफल गर्छौँ । आगामी दिनमा गरिने संघर्षका बारेमा हामी आवश्यक निर्णय लिन्छौँ । त्यस्तै, कोशी प्रदेश नाम खारेजीको संघर्ष । मधेस सरकारको बेथितिविरुद्धको संघर्ष, चुरे दोहन गिटी बालुवा उत्खनन तथा वन विनाशविरुद्धको संघर्ष, बागमती प्रदेश नाम खारेजीको संघर्ष । त्यस्तै उपत्यकाको गैरन्यायिक सडक बिस्तार खोला नदी मापदण्डविरुद्धको संघर्ष आदि संघर्षमा हाम्रो सहभागिता भइरहेको छ ।’

विस्तारित बैठकमा अध्यक्ष महतो लगायत केन्द्रीय परिषद सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । विविध विषयमा छलफल तथा निर्णय गर्न सोमवार बसेको परिषद् बैठक मंगलवारसम्म जारी रहने पार्टीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =