वनलाई जनता र समृद्धिसँग जोड्नुपर्छ : वनमन्त्री

बागलुङ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् ।

शनिवार बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले विकास निर्माणका कामलाई प्रमुख प्राथमिकता दिएर तदनुरुप् काम गरिरहेको बतए ।

आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको र यो सरकार गठन भएपछि आर्थिक अवस्थामा पनि सुधार आएको उहाँको कथन थियो ।

यद्यपि उहाँले सन्तोष मानेर बस्ने बेला नभएको भन्दै अर्थतन्त्रलाई अझ सुदृढ बनाउन निजी क्षेत्रसँगको साझेदारीमा अझ धेरै काम गर्न बाँकी रहेको बताए ।

“यो सरकारले जनतामा आशा जगाउनेगरी काम गरिरहेको छ, गठबन्धनलाई सुदृढ बनाउने प्रयास जारी छ” मन्त्री शाहीले भने – “पहिलेको जस्तो निराश हुनु पर्ने अवस्था छैन, सरकार सबै क्षेत्रको विकासका निम्ति गम्भीर भएर लागेको छ ।”उनले वनलाई जनतासँग र समृद्धिसँग जोड्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 20 =