केन्द्रिय कार्यालयमा रास्वपाको दुई दिने राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले शुक्रबारदेखी राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसार पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा आयोजना भएको हो । प्रशिक्षणमा केन्द्रीय समितिलाई सहभागी गराइएको छ ।
कार्यक्रम आज र भोलि गरि दुई दिनसम्म सञ्चालन हुनेछ । बिहानको पहिलो सत्रमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्त्व बारे प्रकाश पारेका थिए ।
उपसभापति डा.स्वर्णिम वाग्लेले प्रशिक्षणले संगठनलाई मजबुत गर्दै नेतृत्व बिकासमा प्रभावकारी कदम हुने बताए । आगामी योजना क्रममा केन्द्रीय तह, प्रदेश तह हुँदै जिल्ला पालिका सम्म प्राथमिकतामा प्रशिक्षण गर्ने तालिका रहेको समेत उपसभापति डा.वाग्लेले बताए ।
राजनीतिक प्रशिक्षण कार्यक्रम केन्द्र हुँदै प्रदेश, जिल्ला, पालिका र वडासम्म सञ्चालन हुने छ ।








