सांसद सुमना श्रेष्ठले दादागिरी देखाउनु भयो : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले दादागिरी देखाएको आरोप लगाएका छन् ।

सभामुख घिमिरेले सांसद श्रेष्ठले आफ्नो कार्यकक्षको टेबल ठटाएर समय माग गरेको बताए ।

उनले संसद्को बैठक बस्न जनाउ घण्टी बजिसकेको अवस्थामा सांसद श्रेष्ठले दादागिरी शैलीमा समय मागेको बताए ।

‘उहाँले घण्टी बजेपछि आएर परिवेश के हो भन्ने नबुझी दादागिरी देखाएर टेबल ठोकेर मलाई समय चाहियो भन्नुभयो,’ सभामुख घिमिरेले भने ।

सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्नका लागि समय नपाएपछि उनले बैठक बहिस्कार गरेकी थिइन् ।

उनले आकस्मिक समयमा बोल्नका लागि समय मागेकी थिइन् । तर सभामुख घिमिरेले समय दिएका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − three =