बीवाईडीले गर्यो डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक

काठमाडौं । विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माता बी.वाई.डी ले आफ्नो मुख्यालय सेनझेनमा डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाईलट सिस्टम) सार्वजनिक गरेको छ ।

डिपाईलट ६००, डिपाईलट ३००, र डिपाईलट १०० सहितको यो सिस्टमले सबै ग्राहकहरूका लागि उच्चस्तरीय स्मार्ट ड्राइभिङ प्रविधिलाई सहज बनाउने बीवाईडीको विश्वास रहेको छ ।

बीवाईडीले भने यो सुविधा आफ्ना सबै मोडलमा बिना कुनै अतिरिक्त शुल्क दिने जनाएको छ । सबैभन्दा कम मूल्यको मोडल सिगलमा समेत यो सुविधा उपलब्ध हुनेछ, जसको मूल्य ९ हजार ५५५ डलर मात्र रहेको छ ।

कम्पनीले नयाँ प्रविधिसँगै ग्राहकहरूलाई सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

अहिलेसम्म, सेन्सर र क्यामेरा जस्ता उच्च प्रविधि भएका सेल्फ ड्राइभिङ सिस्टमहरू महँगा गाडीहरूमा मात्र उपलब्ध हुने गथ्र्यो । तर, बीवाईडी ले अब यो परिवर्तन गर्दै यस्ता प्रविधि केवल महँगा गाडीहरूमा सीमित नराखी, सबैलाई सहज रूपमा उपलब्ध गराउन लागेको छ ।

बी.वाई.डी का सिईओ वाङ छुवान्फुले ले भनेका छन्, ‘राम्रो प्रविधिमा सबैको पहुँचमा हुनु पर्छ ।’

डिपाईलट सिस्टम तीन भिन्न संस्करणहरूमा उपलब्ध छ । डिपाईलट ६०० मा तीन वटा लिडार छन्, जसलाई मुख्यत ः याङवाङ मोडेलहरूमा प्रयोग गरिनेछ ।

डिपाईलट ३०० मा एउटा लिडार छ, जुन मुख्य रूपमा डेन्जा र केही बीवाईडी मोडेलहरूमा प्रयोग गरिनेछ । त्यस्तै, डिपाईलट १०० मा तीन वटा क्यामेरा छन्, जुन बीवाईडीका विभिन्न मोडेलहरूमा प्रयोग गरिनेछ ।

विशेष गरी डिपाईलट १०० मा फ्रन्ट–फेसिङ तीन क्यामेरा 5R12V सेन्सिङ हार्डवेयर र एन्ड–टु–एन्ड कन्ट्रोल एल्गोरिदम समावेश छ, जसले प्रविधि, सेन्सर, एल्गोरिदम, र डेटा क्षेत्रमा ठूलो प्रगति देखाउँछ ।

यसले ग्राहकहरूलाई सबैभन्दा आवश्यक पर्ने सुविधाहरू प्रदान गर्छ । राजमार्ग र सहरी एक्सप्रेसवेहरूमा, हाई स्पिड नेभिगेसन अन अटोपाईलट (HNOA) प्रणालीले नेभिगेसन मार्ग पछ्याएर र्‍याम्पबाट प्रवेश वा निकास गर्ने, लेन ठिक राख्ने, स्थिर गतिमा चल्ने, आफै लेन परिवर्तन गर्ने, र केही अवरोधहरू छलेर अगाडि बढ्ने जस्ता कामहरू पूरा गर्न सक्छ ।

यसका साथै, अटोमेटेड भ्याले पार्किङ (AVP) प्रणालीले ड्रप–अफ र गो, गाडी लक गरेपछि आफै पार्क हुने जस्ता सुविधाहरू प्रदान गर्छ । यो प्रणाली प्रयोगकर्ताको पार्किङ बानीहरू र विभिन्न ड्राइभिङ परिस्थितिहरूअनुसार काम गर्न सक्छ, जसले पार्किङलाई अझ सहज बनाउँछ ।

मेमोरी नेभिगेसन अन अटोपाईलट (MNOA) प्रणाली दैनिक यात्रा वा अफिस आउने–जाने जस्ता उच्च–प्रयोग मार्गहरूका लागि उपयुक्त छ। यसले ट्राफिक बत्तीमा आफै रोक्ने र अघि बढ्ने, जटिल मोडहरू पार गर्ने, स्वचालित ओभरटेक गर्ने, कुनै पनि परिस्थितिमा अवरोध छलेर अघि बढ्ने, र लेन परिवर्तन गर्न सम्झौतासहित निर्णय गर्ने जस्ता सुविधाहरू प्रदान गर्छ ।

बीवाईडीले ग्राहकहरूलाई सबैभन्दा महत्वपूर्ण लाग्ने ड्राइभिङ परिस्थितिहरूमा केन्द्रित गर्दै सुरक्षा, आराम, र सहजता प्रदान गर्ने लक्ष्य राखेको छ, ताकि हरेक व्यक्तिले बीवाईडीको प्रविधिको फाइदा उठाउन सकुन् ।

डिपाईलट सिस्टमले ग्राहकहरूको सुरक्षा निकै बढाउन सक्छ । HNOA अन्तर्गत, डिपाईलट १०० ले १,००० किलोमिटरसम्म बिना कुनै म्यानुअल हस्तक्षेप स्वचालित रूपमा यात्रा गर्न सकिन्छ ।

यसको अटोमेटिक एमरजेन्सि ब्रकिङ्ग (AEB) प्रणालीले १०० किमी प्रति घण्टासम्म गाडीलाई भरपर्दो रूपमा रोक्न सक्छ, र भविष्यमा १२० किमी प्रति घण्टा र १४० किमी प्रति घण्टा सम्मको गति सम्हाल्ने योजना छ ।

AVP प्रणालीको सफलता दर ९९ प्रतिशत रहेको छ, जसले आपतकालीन अवस्थाहरूमा छिटो निर्णय गरेर दुर्घटना हुनबाट बचाउन मद्दत गर्छ ।

बीवाईडी सँग ५ हजार भन्दा बढी इन्जिनियरहरू यो क्षेत्रमा काम गरिरहेका छन् भने ४४ लाखभन्दा बढी गाडीहरूमा L2 स्तरको ADAS  प्रविधि जडान गरिएको छ ।

यस विशाल भेहिकल–क्लाउड डाटाबेसको सहयोगले बीवाईडी स्मार्ट ड्राइभिङ प्रविधिको विकास र व्यापक प्रयोगमा नेतृत्व गर्न सक्षम रहेको छ ।

विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माताको रूपमा, बीवाईडीले ‘सुखद जीवनका लागि प्रविधिगत नवप्रवर्तन’ लाई आफ्नो मूल सिद्धान्त बनाएको छ ।

डिपाईलट इन्टेलिजेन्स रणनीति मार्फत बीवाईडी, नयाँ ऊर्जा सवारीहरूको विकासलाई अगाडि बढाउँदै विश्वभरको अटो मोबाइल उद्योगलाई रूपान्तरण गर्न र सुरक्षित तथा दिगो यातायात समाधानहरू प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *