जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री

मकवानपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकारको आवश्यकता परेको बताएका छन् ।

नेपाली कांग्रेस मकवानपुरद्वारा बिहीबार हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले पार्टीका कार्यकर्ता र नेताहरुमा आपसी समन्वय, सहकार्यबाट पार्टीलाई एकढिक्का बनाउँदै लैजानुपर्ने आवश्यकता भएको बताए ।

नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धन सरकारले नागरिकलाई सेवा प्रवाह गर्न र मुलुकमा गणतान्त्रिक संसदीय व्यवस्थालाई सुदृढीकरण गर्न गठबन्धन सरकार आवश्यक परेको उल्लेख गरे ।

उपप्रधानमन्त्री सिंहले सङ्घीय सरकारले जनतालाई सेवा प्रवाहको अतिरिक्त आर्थिक समृद्धि, भौतिक पूर्वाधार विकासलाई अघि बढाउन गृहकार्य गरिरहेको बताउँदै सोहीअनुरुप संसद्मा अध्यादेश दर्ता गरिएको बताए ।

सो अवसरमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले नेपाली कांग्रेसले आफ्नो पार्टीको नीति सिद्धान्तमा अडिग रहेर गठबन्धन सरकारले जनतालाई सेवा प्रवाहमा गतिशीलताका साथ अघि बढ्नुपर्ने बताए ।

सो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्वसभापति रघुरमन न्यौपाने, कांग्रेस मकवानपुरका उपसभापति एवं बकैयाँ गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेलगायत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eleven =