अस्थिरताका हिमायतीहरू कांग्रेस-एमाले मिलेको हेर्न चाहँदैनन् : महासचिव पोखरेल
२०८१ माघ २९ गते

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरणलाई अस्थिर बनाउन विभिन्न खालका भ्रामक प्रचार भइरहेको बताएका छन् । उनले सत्ता समीकरणलाई कमजोर पार्ने उद्देश्यले गरिएको दुष्प्रचार सफल नहुने दाबी गरेका हुन् ।
फेसबुकमार्फत पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्य कुनै व्यक्तिगत चाहना नभएर राजनीतिक परिस्थितिको परिणाम भएको उल्लेख गरेका छन् । उनका अनुसार दुई ठूला दलको सहकार्यबाट विचलित केही शक्तिहरूले अफवाह फैलाउने प्रयास गरिरहेका छन् ।
‘सात बुँदे सहमतिको आधारमा बनेको सत्ता समीकरणलाई अस्थिर पार्ने मनसायले विभिन्न भ्रम सिर्जना गर्ने प्रयास भइरहेका छन् । तर, जस्तोसुकै प्रयत्न गरे पनि सहकार्य टुट्नेछैन, किनकि यो परिस्थितिको स्वाभाविक परिणाम हो,’ पोखरेलले लेखेका छन् ।
२०८१ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित








