‘सुरक्षित खानेपानीको पहुँच शत प्रतिशत नागरिकमा पुर्याउन तीन तहबिच समन्वय आवश्यक’

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले शत प्रतिशत सुरक्षित खानेपानीको पहुँच पुर्याउन तीन तहका सरकारबीच समन्वयको आवश्यक रहेको बताए ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले शत प्रतिशत शुद्ध खानेपानी पुर्याउन संघ प्रदेश र स्थानीय तहबिचको सहकार्य, प्राप्त स्रोत परिचालन नीति सुधार तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य आवश्यक भएको बताए ।

उनले सुरक्षित खानेपानीको पहुँच अझै ७३ प्रतिशत नागरिकमा पुर्याउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ सुविधा प्रत्येक नागरिकको आधारभूत आवश्यकतासँगै दिगो विकास लक्ष्य प्राप्त गर्ने महत्वपूर्ण आधार भएको बताए ।

उनले सबै नागरिकलाई समान रुपमा पु¥याउने कार्य अझै चुनौतीपूर्ण रहेको बताए । उनले तीन तहका सरकार तथा सरोकारवाला संस्थाहरूबिच सहकार्य मजबुत बनाउन रणनीतिक योजना तयार गरी दीर्घकालीन प्रतिबद्धता सुनिश्चित गर्न आवश्यक रहेको बताए । उनले ६१ प्रतिशत जनसङ्ख्याले मात्रै सुरक्षित सरसफाइ सुविधा पाएको बताए ।

मन्त्री यादवले १६ औं आवधिक योजनाले ४५ प्रतिशत जनसङ्ख्याले सुरक्षित खानेपानी र ६५ प्रतिशत जनसङ्ख्याले सुरक्षित सरसफाई र २५ प्रतिशत ढल प्रणालीमार्फत फोहोर पानी प्रशोधन गर्ने लक्ष्य पनि लिइएको बताए । उनले राजनीतिक प्रतिवद्धताको सुदृढीकरणसहित सरसफाइ सेवाका लागि तीन तहका सरकारबीच मजबुत बनाउने प्रतिबद्धता गर्नुपर्नेमा जोड दिए ।

उनले भने ‘स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ सुविधा प्रत्येक नागरिकको आधारभूत आवश्यकता नभई दिगो विकास लक्ष्य प्राप्त गर्ने महत्वपूर्ण आधार पनि हो । तर हामीलाई थाहा छ । यो सेवा सबै नागरिकलाई समान रुपमा पु¥याउने कार्य अझै धेरै चुनौतीपूर्ण छ । यही चुनौतीलाई सम्बोधन गर्दै तीन तहका सरकार तथा सरोकारवाला संस्थाहरूबिच सहकार्य मजबुत बनाउन रणनीतिक योजना तयार गर्न,दीर्घकालीन प्रतिबद्धता सुनिश्चित गर्नुपर्छ । तथ्याङ्कअनुसार २७ प्रतिशत नागरिकले मात्रै सुरक्षित खानेपानी सेवाको पहुँच पाएका छन् । ६१ प्रतिशत जनसङ्ख्याले सुरक्षित सरसफाइ सुविधा पाएका छन् । १६ औं आवधिक योजनाले ४५ प्रतिशत जनसङ्ख्याले सुरक्षित खानेपानी र ६५ प्रतिशत जनसङ्ख्याले सुरक्षित सरसफाई र २५ प्रतिशत ढल प्रणालीमार्फत फोहोर पानी प्रशोधन गर्ने लक्ष्य पनि लिइएको छ । यी लक्ष्यहरू हासिल गर्न संघ प्रदेश र स्थानीय तहबिचको सहकार्य प्राप्त स्रोत परिचालन नीति सुधार तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य छ । राजनीतिक प्रतिवद्धताको सुदृढीकरणसहित सरसफाइ सेवाका लागि तीन तहका सरकारबीच मजबुत बनाउने प्रतिबद्धता गर्नुपर्छ । स्थानीय तहहरूसँग समन्वय गरेर नीतिहरू परिमार्जन गर्नुपर्छ ।’

उनले हरेक नागरिकलाई सुरक्षित सरसफाइ र खानेपानी सुनिश्चित गर्ने पार्टीबाट निर्णय गराउने प्रतिबद्धता जनाए । उनले शतप्रतिशत नागरिकलाई सुरक्षित सरसफाइ र खानेपानी सुनिश्चित गर्ने प्रतिबद्धता लागि मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने उल्लेख गरे । उनले सबै राजनीतिक दलका अध्यक्षलाई लिखित प्रस्ताव पठाउने बताए ।

उनले तीन तहको सरकारको समन्वयमा काम गर्नसके सरसफाइ सेवामा फड्को मार्न सक्ने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 2 =