दिल्लीमा केजरीवालजस्तै नेपालमा रविको पतन निश्चित छ : महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले नेपालको राजनीतिबाट रविको पतन निश्चित रहेको दाबी गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले पपुलिस्ट नारा दिएर उदाउँदै गरेका व्यक्ति र पार्टी हराउने कुरा निश्चित रहेको बताएका हुन्।

रविको पार्टीलाई भारतको नयाँदिल्लीमा आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालसँग तुलना गर्दै बस्नेतले भारतमा भ्रष्टाचारी र नेपालमा सहकारी ठगको विलय निश्चित रहेको दाबी गरे।

दिल्लीमा भर्खरै सम्पन्न निर्वाचनको प्रारम्भिक मतपरिणाम अनुसार दिल्लीमा आम आदमीको किल्ला भत्किने देखिएको छ। भाजपाले आपलाई कडा चुनौती दिएको छ।

उनले भनेका छन्, ‘इन्डियामा लामो समयदेखी पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको छ। नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउदै गरेका व्यक्ती र पार्टी हराउने कुरा निश्चितै छ। केजरीवालको उदय, भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा, नेपालमा रवि लामिछानेको उदय, सहकारी ठगीको मुद्दा र विलय उस्तै उस्तै हुनेछ। बस्नेत अन्त्यमा भन्छन्, ‘बालेन्द्र र हर्केको कुरै नगरौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 14 =