चम्पादेवी केबलकार निर्माण छिटो अघि बढाउन स्थानीयको माग

काठमाडौँ । कीर्तिपुरस्थित चम्पादेवी केबलकार परियोजनालाई छिटो अघि बढाउन स्थानीयले माग गरेका छन् ।

बिहिबार (हिजो) सम्पन्न चम्पादेवी केबलकार परियोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरू, स्थानीय बासिन्दाहरू, सरोकारवालाहरूले उक्त माग गरेका हुन् ।

कार्यक्रममा संघीय सांसद राजन कुमार के.सी., प्रदेश सांसद पुकार महर्जन, कीर्तिपुर नगरप्रमुख कृष्णमान डंगोल, वडा नं. ४ का अध्यक्ष राजेन्द्र बानियाँ, विभिन्न समितिका प्रतिनिधिहरू तथा स्थानीय व्यवसायी, पर्यटन क्षेत्रका सरोकारवाला र स्थानीय समुदायका सदस्यहरूको उपस्थिति थियो ।

स्थानीय प्रतिनिधिहरूले यो परियोजना कीर्तिपुर र वरपरका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन् । केबलकार सञ्चालनमा आएपछि नगर र राष्ट्रले कर प्राप्त गर्ने, व्यवसाय फस्टाउने, रोजगारी सिर्जना हुने, पर्यटनको प्रवर्द्धन हुने र कीर्तिपुरको सांस्कृतिक तथा धार्मिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन मद्दत गर्ने उनीहरूको भनाइ छ ।

स्थानीय युवाहरूले रोजगारीको प्राथमिकता पाउनु पर्ने, स्थानीय लगानीकर्ताहरूलाई सेयरको पहुँच सुनिश्चित गर्नुपर्ने, पर्यटन प्याकेजहरू विकास गर्नुपर्ने र स्थानीय व्यवसायलाई समृद्ध बनाउन केबलकारले सघाउने कुरामा जोड दिए ।

सुनुवाइ कार्यक्रममा सहभागीहरूले निर्माणको क्रममा भौगोलिक संवेदनशीलतालाई विशेष ध्यान दिनुपर्ने भन्दै पहिरो रोकथाम, मलबा व्यवस्थापन, र फोहोर व्यवस्थापन जस्ता विषयलाई गम्भीर रूपमा समेट्नुपर्ने बताए । वन तथा वातावरण संरक्षणका उपायहरू अवलम्बन गर्दै परियोजनालाई अगाडि बढाउनुपर्ने उनीहरूको सुझाव थियो । स्थानीयले मलबा व्यवस्थापन योजनामा स्पष्टता ल्याउनुपर्ने, पर्यटनलाई दीर्घकालीन रूपमा प्रवर्द्धन गर्ने खालका वातावरणमैत्री नीति अपनाउनुपर्ने, र स्थानीय समुदायलाई परियोजनामा प्रत्यक्ष संलग्न गराउनु पर्ने माग गरे ।

चम्पादेवी केबलकार परियोजनाका  मुख्य विवरणहरू
बटम स्टेशन : बोसन, दक्षिणकाली नगरपालिका-१, काठमाडौं ।
टप स्टेशन : कीर्तिपुर नगरपालिका-४, काठमाडौं ।
लम्बाइ : २.१ किमी
टावरहरूको संख्या : १२
गण्डोलाहरूको संख्या : ३४+३
क्षमता : १४४० व्यक्ति प्रति घण्टा
यात्रा समय : ७ मिनेट (एकतर्फी)
मानव तोस्रो
निर्माण चरण : ३०० जना
सञ्चालन चरण : २०० जना
निर्माण अवधि : १८ महिना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =