पाथीभरा केबलकार विवाद : पक्राउ परेका १७ जना छुटे
२०८१ माघ २४ गते

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ जना रिहा भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले विभिन्न जिल्लाबाट पक्राउ परेका सबैलाई रिहा गरेको जानकारी दिए ।
ताप्लेजुङबाट ३, झापा दमकबाट ८ जना र धरानबाट ६ जना रिहा भएका हुन् ।
माघ १२ मा पाथीभरा क्षेत्रको बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनमा १७ जना पक्राउ परेका थिए ।
२०८१ माघ २४ गते
प्रतिक्रिया
सम्बन्धित








