यस्तो छ आजको संसद् बैठकको कार्यसूची
२०८१ माघ २४ गते

फाइल फोटो
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रिसभाको बैठक आज बस्न लागेको हो ।
प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रिसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव र अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना टेबुल हुनेछ ।
बैठकमा सरकारले ल्याएको अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा राखिएको हो । आजको बैठकमा समितिको प्रतिवेदन, मूल्यांकन प्रतिवेदन र वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूची छ ।
राष्ट्रियसभा बैठकमा पनि अध्यादेश र विधेयक पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
पेस गर्नेछन् ।
राष्ट्रियसभा बैठकमा पनि अध्यादेश र विधेयक पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
२०८१ माघ २४ गते
प्रतिक्रिया
सम्बन्धित








