नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएबिच सहमति

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) का प्रतिनिधिहरू बिच तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने सहमति भएको छ ।

माघ २२ गते मंगलबार काठमाडौँमा नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने सहमति भएको हो ।

उक्त सहमतिहरू निम्नानुसारका छन् :
१. त्यसका लागि आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम, र रोजगारीका लागि अवसरहरू सृजनागरी आवश्यक सुधार समेत गर्ने ।
२. दुवै संस्थाहरूले नेपालको अटोमोबाइल उद्योगहरूको वृद्धिका लागि नवीनतम अध्ययन अनुसन्धानलाई अघि बढाउने ।
३. यस्तो पारस्परिक सहकार्य मार्फत उद्योगको आवश्यकताहरू र कर्मचारीहरूको क्षमता बीचको खाडल पूरा गर्ने ।
४. लेबल एक बाट तालिमको सुरुआत गर्ने र क्रमशः लेवेल दुईमा जाने ।
५. आवश्यकता अनुसार पाठ्यक्रम बनाउने र त्यसका लागि आवश्यक ओरिएण्टेशन दिलाउने ।
६. तालिम र पाठ्यक्रम निर्माणका लागि एनएभिटीले एनएडिएसंग सहमतीगरी (एमओयु) अघि बढ्ने ।

उक्त छलफलमा नाडाकातर्फबाट अध्यक्ष करणकुमार चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठ र महासचिव सुरेन्द्रकुमार उप्रेती समेतको उपस्थित थियो । दुई निकायहरु बिच भएको यस्तो ऐतिहासिक पारस्परिक सहमतिले अटोमोबाइल क्षेत्रमा योग्य र सक्षम श्रमिकहरूको आपूर्तिमा निरन्तरता र सहजता आउने अपेक्षा समेत राखिएको नाडाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *