कलाकारको भूगोल सिमाना हुदैँन् : रेखा थापा

काठमाडौँ । जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८१ फागुन १६ गतेदेखि हुने भएको छ ।

मंगलवार ललितपुरमा पत्रकार सम्मेलनमा पत्रकार सम्मेलन गरी आयोजक संवाद फाउण्डेशनले यसबारेमा जानकारी दिएको हो । महोत्सव फागुन १६ गतेदेखि १८ गतेसम्म जनकपुरको मैथिली भवनमा हुने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रहरूले आवेदन दिएका र नेपाली पानोरामामा नेपालबाट अझै पनि चलचित्रको आवेदन आउने क्रम जारी रहेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री रेखा थापाले कलाकारको भूगोलको सिमाना नहुने र सबै भूगोलको कलाकार हुने बताइन् । उनले कला र महिलाको जननी मिथिला सभ्यता भएको बताइन् । उनले महोत्सवले नेपालको पर्यटन प्रवद्र्धन गर्ने विश्वास लिएको पनि बताइन् ।

महोत्सवको उद्देश्य नेपालमा चलचित्रको महत्त्व बुझाउनु रहेको बताइएको छ । साथै नेपाली चलचित्रलाई विश्वभर प्रस्तुत गर्नु, चलचित्र साक्षरताको प्रदर्शन गर्नु लगायतका उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *