पाथीभरा केबलकार निर्माणको विरोधमा काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)

२०८१ माघ २१ गते

काठमाडौँ । पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै प्रदर्शन भएको छ ।
सोमबार काठमाडौँको माइतीघरमा सो विरोध प्रदर्शन गरिएको हो ।
‘नो केबलकार समूह’ ले विरोध प्रदर्शन गर्दै केबलकार निर्माण गरेर पाथिभराको धार्मिक तथा सांस्कृतिक अस्तित्वमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।
उनीहरूले ‘मुक्कुमलुङ संरक्षण प्रेमीहरू माथि गोली चलाउन पाइदैन्, राज्य आतङ्क बन्द गर !’ भन्दै विभिन्न प्लेकार्ड सहित विरोध प्रदर्शन गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :

२०८१ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित