सीजी मोटर्सद्वारा वीरगन्जमा ईभी ब्रान्ड लञ्च

वीरगन्ज । इलेक्ट्रिक सवारीसाधन (ईभी) वितरणको क्षेत्रको अग्रणी नाम सिजी मोटर्सले नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै मधेश प्रदेशलाई केन्द्रित गर्दै वीरगन्जमा अत्याधुनिक ब्रान्डहरूको विविध श्रृंखला लञ्च गरेको छ ।

कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रा.लि. लाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गर्दै नेपालको अटोमोबाइल क्षेत्रलाई रूपान्तरण गर्न प्रतिबद्धता जनाएको छ ।

उद्घाटन कार्यक्रम वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक राजेश अग्रवाल, सिजी मोटर्सका ईओरडाइरेक्टर हेमन्त अग्रवाल, सञ्चारकर्मी र अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भयो ।

कम्पनीले यो पहलले वीरगन्जमा विश्वप्रसिद्ध ईभी ब्रान्डहरू जस्तै एभाटर (AVATR), एक्सपेंग (XPENG), नेटा(NETA), आयोन V (AION V), आयोन Y (AION Y) र रिडारा (RIDDARA) ल्याएको जनाएको छ, जसले उन्नत र पर्यावरणमैत्री गतिशीलता समाधान प्रदान गर्नेछ ।

ब्रान्डका विशेषताहरू

XPENG G6 : पाँचतारे NCAP सुरक्षा रेटिङ, स्वचालित ड्राइभिङ प्रविधि, १९० किलोवाट मोटर, ४४० एनएम टर्क र ४३५ किलोमिटर रेन्ज ।

AION Y : १०० किलोवाट मोटर, २२५ एनएम टर्क र ६१.४ kWh लिथियम आइरन म्यागजिन ब्याट्रीसहित ५०० + किलोमिटर NEDC रेन्ज ।

AION V :  एलीट र लक्जरी भेरियन्टमा उपलब्ध, क्रमशः ५२० किलोमिटर NEDC र ६५० किलोमिटरको उत्कृष्ट रेन्ज । लक्जरी भेरियन्टमा चालक र अगाडिको यात्रुको लागि आठ–पोइन्ट मसाज सिट र इन–बिल्ट फ्रिज उपलब्ध छ ।

AVATR 11 : चांगान, हुवावे र CATL को सहकार्यमा विकसित यो प्रिमियम ईभी १९० किलोवाट मोटर, स्न्यापड्रागन ८१५५ प्रोसेसर, २१–इन्च अलोय पाङ्ग्रा, सफ्ट–क्लोज ढोका, पाँच–तरिकाको मसाज, १२–तरिकामा समायोज्य सिट र डुअल ब्लुटुथ कनेक्टिभिटीसहित तीनवटा उच्च–प्रविधिको स्क्रिनले सुसज्जित छ ।

RIDDARA RD6 : अफ–रोड र सम्पूर्ण भू–भागका लागि डिजाइन गरिएको यो मोडलमा २२५ मिमी ग्राउन्ड क्लियरेन्स, ३७७ किलोमिटर रेन्ज, ३८४ एनएम टर्क, V2L क्षमता, अटोम्याटिक द्वि–जोन एयर कन्डिसनिङ र छ–तरिकामा समायोज्य सिट सुविधा समावेश छन् ।

NETA X : १८५ मिमी ग्राउन्ड क्लियरेन्स, ५०० किलोमिटर रेन्ज, V2L सुविधा, १५.६ इन्च टचस्क्रिन र छ वटा एयरब्यागसहितको मोडल । यसमा २७७० मिमी ह्वीलबेसले उत्कृष्ट आराम प्रदान गर्दछ भने वायरलेस फोन चार्जिङ, पावर टेलगेट र ADAS जस्ता स्मार्ट सुविधाहरू थपिएको कम्पनीले जनाएको छ ।

ग्राहकहरूको सुविधा बढाउन, सिजी मोटर्सले CG Cares Service App पनि प्रस्तुत गरेको छ, जसले + ९७७ ९७०७०९४२०७ हटलाइनमार्फत २४/७ सडक सहायताको सेवा दिन्छ । नेपालभरका २१ भन्दा बढी सेवा तथा स्पेयर पार्ट्स केन्द्र र २३० भन्दा बढी चार्जिङ स्टेसनहरूको पहुँचको साथ, वीरगन्ज–मधेश प्रदेशका ग्राहकहरूले अब CG Careसुविधाबाट विशेष सेवाहरू पाउँदै सहज मर्मतसम्भार र उत्कृष्ट ग्राहक अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *