प्रचण्ड नेतृत्वको सरकारले आर्थिक ढुकुटी रित्याउने काम गरेपछि वर्तमान सरकार बन्यो : प्रधानमन्त्री
२०८१ माघ १४ गते

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मुलुकको आर्थिक ढुकुटी रित्याउने काम गरेको बताएका छन् । सोमवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले सबै मुलकमा ऋण बढ्दै गएको तर आयको सबै बाटोहरु बन्द भएको कारण वर्तमान सरकार गठन भएको जिकिर गरे । उनले मुलुक आर्थिक र सामाजिक रुपमा अफ्ठ्यारोमा परेको कारण संसदका दुई ठूला दल मिलेर सरकार बनेको स्पष्ट पारे ।
केही अराजक तत्वहरुले तमासा गरिरहेको उल्लेख गर्दै मिडियाबाजीले राजनीति नहुने बताए । मुलुकलाई स्थिरता र स्थायित्वको बाटोमा लैजान वर्तमान सरकार बनेको दोहोर्याउँदै उनले कसैले बिलौना गर्दैमा सरकार नढल्ने बताए ।
२०८१ माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित








