सात एजेण्डामा छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)ले सचिवालय बैठक बोलाएको छ । रास्वपाले विभिन्न ७ एजेण्डामा छलफल गर्न भोलि (सोमबार) बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थली बस्ने गरी बैठक बोलाएको हो ।

बैठकमा समसामयीक राजनीति र पार्टी गतिविधि, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने सम्बन्ध र संसद् अधिवेशनबारे छलफल हुनेछ ।

यसैगरी सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरु प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१) र विविध विषयमा बैठकले छलफल गर्ने रास्वपाले जनाएको छ ।

पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने अहिले निलम्बनमा छन् । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा चलिरहेका बेला लामिछानेको पद निलम्बनमा परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =