सुरूङबाट सडकलाई सुरक्षित बनाउने योजना : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरूङ मार्गबाट सडकलाई सुरक्षित बनाउने योजना सरकारले अघि सारेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत शुक्रवार उनले सिद्धबाबा सुरूङ मार्गको ‘ब्रेक–थ्रु’ पछि सुरूङ मार्गबाट सडकलाई सुरक्षित बनाउने योजना अघि सारेको बताए ।

“केही समयअघि बुटवल जाँदा एक जना कलाकारले कहिले बन्छ सिद्धबाबा सुरूङ मार्ग’ भनेर गीत गाएको सुनेको थिएँ । यहाँ बारम्बार पहिरोले सडक भत्किँदा कयौँ नागरिकको ज्यान गएर पीडा भोग्नुपरेको थियो”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्,“आज सिद्धबाबा सुरूङ मार्गको ब्रेक–थ्रु भएको छ । यो सुरूङ मार्ग सञ्चालनमा आएपछि अब पाल्पा, स्याङ्जा, कास्की, गुल्मी र अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठान जाने अनुकूलता मिल्ने छ । यो सडक कालिगण्डकी करिडोरसँग जोडिन्छ ।”

सिद्धबाबा सुरूङ मार्गको मुख्य सुरूङको शुक्रवार ‘ब्रेक थ्रु’ भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *