क्रान्तिका उपलब्धिहरू गुम्ने खतरा भयो : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द यादवले प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा रहेको महसुस हुन थालेको बताएका छन् ।

बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एकता, सङ्घर्ष र रूपान्तरणको माध्यमबाट नै संसार अघि बढ्ने बताए । उनले अहिलेको आवश्यकता क्रान्तिकारी र परिवर्तन शक्तिहरुबीचको एकता रहेको उल्लेख गरे । एकतासँगै परिवर्तनबिरोधी तागतको विरुद्ध संघर्षको आवश्यकता रहेको बताए । राजनीतिक प्रणालीमा सामाजिक र आर्थिक प्रणालीमा रूपान्तरणको आवश्यकता रहेको बताए ।

उनले भने ‘एकता, सङ्घर्ष र रूपान्तरण तीन भाग हुन्छ । एकता, सङ्घर्ष र रूपान्तरणको माध्यमबाटै दुनियाँ अघि बढ्छ । अहिलेको आवश्यकता क्रान्तिकारी र परिवर्तन शक्तिहरुबीचको एकता हो । क्रान्तिका, परिवर्तनका उपलब्धिहरू गुम्ने खतरा भयो, प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा छ । क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरूको एकताको आवश्यकता छ । एकतासँगै परिवर्तनबिरोधी तागतको विरुद्ध संघर्षको आवश्यकता छ । त्यो सङ्घर्षसँगै राजनीतिक प्रणालीमा, सामाजिक र आर्थिक प्रणालीमा रूपान्तरणको आवश्यकता छ ।’

अध्यक्ष यादवले मधेसवादी दलहरू फुट्दा प्राप्त उपलब्धि गुम्ने खतरा भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 11 =