मकालुखबर समाचार प्रभाव : मनोमानी गाडीभाडाविरुद्ध बोले विद्यार्थी संगठन

काठमाडौं । सार्वजनिक यातायातहरुले मनोमानी रुपमा भाडा उठाउने गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आपत्ति जनाएको छ ।

विद्यार्थीहरुलाई सार्वजनिक यायायातमा जुनसुकै समयमा कानूनत छुट पाउनुपर्ने भएपनि काठमाडौं उपत्यकाका केही सार्वजनिक यातायातहरुले भाडामा छुट नदिएर मनोमानी गरेको भन्दै मंगलबार विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।

यही माघ १ गते बस भाडामा उपत्यकामै लुटिन्छन् विद्यार्थी, हुँदैन कारबाही शीर्षकमा मकालुखबरमा समाचार प्रकाशित भएको थियो ।

सार्वजनिक यातायातहरुले गाडीभाडामा विद्यार्थीहरुलाई छुट नदिएर मनोमानी भाडा उठाएको विषयमा समाचार प्रकाशन गरेको मकालुखबरले विद्यार्थी संगठनलाई चासो खै ? भन्दै विद्यार्थी संगठनमाथि समेत प्रश्न तेर्स्याएको थियो । मकालुखबरमा समाचार प्रकाशित भएपछि विद्यार्थी संगठनले गाडीभाडाका विषयमा आवाज उठाएका छन् ।

‘विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा प्राप्त गााडी भाडा छुट केही सार्वजनिक यातायातहरुले अटेर गर्दै आम विद्यार्थीसंग मनोमानी रुपमा भाडा उठाउने गरेको विषयमा अनेरास्ववियु काठमाडौं जिल्ला कमिटिको गम्भीर ध्यानाकर्षण भएको छ,अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष निराजन थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,उपत्यकामा दैनिक रुपमा नेपालको विभिन्न स्थानबाट अध्ययन गर्न आएका विद्यार्थीहरु सार्वजनिक यातायातमा आवतजावत गर्ने गरेकोमा विद्यार्थी परिचयपत्र देखाएर आफ्नो अधिकार स्वरुप जुनसुकै बेलामा गाडीभाडामा कानूनत नै छुट पाउनुपर्ने अवस्थामा विभिन्न रुटमा चल्ने बसहरुले विदा,बेलुकाको समय लगायत विभिन्न बहाना बनाएर छुट दिन आनाकानी गर्ने गरेको र विद्यार्थीलाई अपहेलना गर्ने गरेकोमा यस प्रकारका व्यवहार नगर्न र सरोकारवाला गम्भीर भई सार्वजनिक यातायातहरुलाई सचेत गराउन अनुरोध छ ।’

यस विषयलाई अवमूल्यन गरी सरोकारवालाहरु सम्बोधन विमुखतिर गए गम्भीर कदम चालिने अनेरास्ववियुले चेतावनी समेत दिएको छ । साथै सिर्जित घटनाको जिम्मेवार अनेरास्ववियु नहुने जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =