प्रचण्डलक्षित पोखरेलको टिप्पणी – विपक्षी दलको नेता भएसी घुर्की त लगाउनै पर्यो क्यारे !


काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित टिप्पणी गरेका छन् ।
नेकपा माओवादी केन्द्र सहितका विपक्षी दलले हिउँदे अधिवेशनको माग गरेपछि उनको यस्तो अभिव्यक्ति आएको हो । पोखरेलले प्रचण्डले हिउँदे अधिवेशनको माग गरे पनि उनी प्रधानमन्त्री हुँदा माघको अन्तिम सातामा अधिवेशन बोलाइएको नविर्सन आग्रह गरे ।
‘प्रचण्डजी प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम सातामा बोलाएको बिर्सनुभएछ कि क्या हो उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउँदे अधिवेशन नडाकेकोमा ठुलो चिन्ता भएछ’, उनले शनिवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पुरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै । तर पनि विपक्षी दलको नेता भयसी घुर्की त लगाउनै पर्यो क्यारे ! होइन त ?’ ।
