मोहनलाई माधवको सन्देश– धाकधम्कीको होइन, विवेकको राजनीति गर्नुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेस सांसद मोहनबहादुर बस्नेतलाई धाकधम्कीको राजनीति छाड्न सुझाव दिएका छन् ।

शनिवार सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले धाकधम्कीको राजनीति छाडेर बुद्धि विवेकसहितको स्वस्थ प्रतिस्पर्धामा आउन आग्रह गरेका हुन् ।

सापकोटाले बस्नेतलाई प्रतिस्पर्धाको छेउमा पनि आउन सक्ने अवस्था नभएको दाबी गरे । ‘धाक भन्दा धक्कू ठूलो भनेजस्तो जे गरिरहनुभएको छ । तपाईँको पतनको यात्रा त्यहाँबाट सुरु भएको छ । यसलाई रोकेर, ज्ञानको आयतन बढाएर, बुद्धि विवेक लगाएर बहस गर्न आउनुहुन्छ ?’ उनले भने ।

सापकोटा र बस्नेत सिन्धुपाल्चोकको एउटै क्षेत्रका नेता हुन् । उनीहरू दुवै पार्टीका केन्द्रीय सदस्य पनि हुन् । पछिल्लो पटक एमाले–कांग्रेसको गठबन्धन बनेपछि उनीहरूको सम्बन्ध बिग्रिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *