स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण

रविको पक्षबाट वकिलहरुले सके बहस,सरकारी वकिलले बहस गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको पक्षबाट बहस सकिएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर भएको थियो ।

बुधवार लामिछानेका पक्षबाट चार वकिलहरुले थुनछेक बहस गरेका छन् । बहसका क्रममा उनीहरुले लामिछानेलाई साधारण तारेखमा रिहा गर्न माग गरे । लामिछानेका पक्षबाट पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठ,सुशील पन्त संगै सुरज बस्नेत र सुरेन्द्र काफ्लेले बहस गरेका थिए । अहिले सरकारी वकिलहरुको बहस सुरु भएको छ । आज नै आदेश आउने सक्ने बताइएको छ ।

पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने ६५ लाख धरौटीमा रिहा भएका थिए । लगत्तै उनी स्वयं जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 12 =