काठमाडौँमा भित्रिन थाले तरुल (तस्बिरहरू)
२०८१ पुस २५ गते

काठमाडौँ । माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौंको कालीमाटीस्थित थोक तरकारी बजारमा तरुल भित्रिएन थालेका छन् ।

यतिखेर देशका विभिन्न भागबाट ठूलो मात्रामा तरुल ल्याइँदै छ । काठमाडौँमा भित्रने तरुल मध्य सर्लाहीबाट सबैभन्दा धेरै तरुल भित्रिन्छन् । यसबाहेक धादिङ, काभ्रे, मकवानपुर, चितवन, नवलपरासी तथा धरान र सुनसरीबाट पनि तरुल आयात हुने गरेको व्यापारीहरू बताउँछन् ।

अहिले कालीमाटी तरकारी बजारमा आकार र जातअनुसार तरुल प्रतिढक (५ केजीको) २५० देखि ५०० रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।

२०८१ पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित








