घट्यो सुनको मूल्य
२०८१ पुस १६ गते

काठमाडौं । आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार तोलामा १ लाख ४९ हजार ६ रुपैयाँमा कारोबार भइरहेको छ । आज सुन तोलामा १ हजारले घटेको हो । आइतबार तोलामा १ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
२०८१ पुस १६ गते
प्रतिक्रिया








