अध्यक्ष प्रचण्डले लिए मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । अध्यक्ष प्रचण्डले यसबारेमा सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका हुन् ।

महासचिव बैद्यले आइसियुमा उपचार शुरु भएपछि सहज महशुस भएको बताएको प्रचण्डले उल्लेख गरेका छन् ।

अध्यक्ष प्रचण्डले भनेका छन्,‘क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव कमरेड मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेँ। उहाँले आइसियुमा उपचार शुरु भए पछि सहज महशुस भएको बताउनु भयो। उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गर्दै उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएँ। चिकित्सकहरुले उहाँको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताउनु भएको छ। उहाँका परिवारका सदस्यहरूसँग भेट गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेँ। साथै, उहाँको उपचारमा कुनै कमी नहोस् भनेर सम्बन्धित सबैलाई ध्यान दिन आग्रह गरेको छु। पुनः उहाँको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eleven =