माओवादीले खोल्यो खाता,गोरखा ५ को वडाध्यक्षमा विष्णु बहादुर निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रले गोरखा नगरपालिकाबाट विजयी सुरुवात गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु बहादुर मगर ४८६ मत ल्याउँदै निर्वाचित भएका छन् ।

नेपाली कांग्र्रेसका उम्मेदवार भाइकाजी आलेलाई हराउँदै मगर वडाध्यक्षमा निर्वाचित भएका हुन् । कांग्रेसका भाइकाजी आलेले ४ सय २ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेकी दुर्गा माया थापा रानाले ३४५ मत ल्याएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मंगल बहादुर थापाले ८२ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी कल्पना रानाले १२ मत ल्याएकी छन् । यस्तै नेपाल समाजवादी पार्टीका रुपेश मग्रातीले १० मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *