उपनिर्वाचन : कालिकोटको तिलागुफा-४ को वडाध्यक्षमा शाही विजयी
मकालु खबर
२०८१ मंसिर १६ गते
काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्ग राज शाही निर्वाचित भएका छन् ।
उनले १४३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले १ सय १५ मत ल्याएकी छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ऐन बहादुर शाहीले ७८ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका पैल बहादुर शाहीले ४९ मत ल्याएका छन् । देशभरका रिक्त रहेका ४१ स्थानीय तहमा आइतबार उपनिर्वाचन भएको थियो ।
मकालु खबर
२०८१ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित