सर्वाधिक चासोको रुपमा हेरिएको कीर्तिपुरमा यसरी हुँदैछ मतदान (तस्बिरहरु)
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ मंसिर १६ गते
![सर्वाधिक चासोको रुपमा हेरिएको कीर्तिपुरमा यसरी हुँदैछ मतदान (तस्बिरहरु)](https://www.makalukhabar.com/wp-content/uploads/2024/12/kirtipur-matadan-mk-1.png)
काठमाडौं । स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उमेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।
४१ पदका लागि भइरहेको उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उमेदवार प्रतिस्पर्धामा छन् । यस पटक सर्वाधिक चासोको रुपमा हेरिएको कीर्तिपुरमा पनि मतदान सुरु भएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित