रवि र छविलाई अदालत उपस्थित गराइँदै, बयान लम्बिएपछि असन्तुष्टि

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ । गोर्खा मिडियाका पूर्व सञ्चालकद्वय लामिछाने र जोशीलाई म्याद थपको अनुमतिका लागि आज कास्की जिल्ला अदालत लैजान लागिएको हो ।

लामिछानेसँगको बयान नसकिएकाले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बुधबारसम्म लामिछानेसँगको बयान नसकिएको जानकारी दिइन् । उनले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान दोस्रो प्राथमिकतामा पर्ने उल्लेख गरिन् ।

छविलाललाई असोज ६ गते पक्राउ गरी पोखरा लगिएको थियो भने रविलाई गत शुक्रबार काठमाडौंमा पक्राउ गरी रातारात पोखरा पुर्‍याइएको थियो । सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाई समेत म्याद थपका लागि बिहीबार अदालत लगिँदै छ ।

यसअघि बुधबार सरकारी वकिलको कार्यालयमा लिइएको लामिछानेको बयान लम्बिएको थियो । साढे २ बजेबाट सुरु भएको बयान ‘अनावश्यक’ लम्ब्याइएको भन्दै लामिछानेले असन्तुष्टी जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =